सिन्धुपाल्चोक पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, २० जना अँझै बेपत्ता



सिन्धुपाल्चोक भदौ २८ ।

सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । ​ज्यान गुमाउनेहरुमा ९८ वर्षीया ट्याक्सी शेर्पा, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षीय धनलाल विक रहेका छन् ।

यस्तै ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र पाँच वर्षीया सरस्वती विकको पनि ज्यान गएको छ । सुरक्षाकर्मी र स्थानीयबासीले हराएकाहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्