नुवाकोटमा थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमित ११४



नुवाकोट,भदौ २८ । बितेको २४ घण्टामा नुवाकोटमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित पुष्टि हुनेमा ५ जना बिदुर नगरपालिका र २ जना पन्चकन्या गाॅउपालिकाका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।यससंगै नुवाकोटमा कुल संक्रमितको संख्या ११४ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका बिदुर नगरपालिकाका ५ जना लाइ त्रिशुली अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भैरहेको छ । पञ्चकन्याका २ संक्रमित मध्ये एक जना यसअघि नै त्रिशुली अस्पतालको क्वारेन्टाइनमा बसिरहेका र एक जनालाइ टिचिङ्ग अस्पतालको आउसोलेसनमा लगिॅदैछ ।

नुवाकोटमा हालसम्म ८५ जना कोरोनामुक्त भैसकेका छन । कुल ४ हजार ६५ जनाको पिसिआर परिक्षण सम्पन्न भैसकेको जिल्ला अस्पताल श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्