बेलायतले तयार पारेको कोरोनाविरुद्धको तेस्रो खोप चाँडै परीक्षण गरिने



एजेन्सी भदौ २८ ।

बेलायतकोे अक्सफोर्ड र अस्ट्राजेनेका युनिभर्सिटीले तयार पारेको कोरोनाविरुद्धको तेस्रो चरणको खोप पूर्णरुपमा सुरक्षित भएकाले केही समय भित्रमै यसको परीक्षण र वितरण सुरु गरिने जनाएको छ ।

सुरुमा यसको प्रयोगले बिरामीलाई साइड इफेक्ट भएपछि रोकिएको खोपको परीक्षण अध्ययन अनुसन्धान गरी सुरक्षित हुने भएपछि केही समयमानै यसको परीक्षण र वितरण सुरु गरिने बेलायतका स्वास्थ्य सचिव म्याट ह्यान्ककले जानकारी दिए ।

अक्सफोर्ड र अस्ट्राजेनेका युनिभर्सिटीका वैज्ञानिकहरुले भने यसको परीक्षणकालमा सहभागी बिरामीहरु स्वस्थ रहने सक्ने भन्दै यसमा आतिनु नपर्ने स्पष्ट पारेको छ । यसअघि अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको अर्को खोपको मानवीय परीक्षण भने सुरु भइसकेको छ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरु जुटेका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार विश्वभर कोरोना भाइरसविरुद्धका सम्भावित करिब १ सय ८० खोपको काम भइरहेपनि कसैले पनि क्लिनिकल परीक्षण पूरा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्