जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न राष्ट्रपतिको निर्देशन



काठमाडौं भदौ २८ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा स्थानानान्तरण गराउन निर्देशन दिएकी छन् ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएलगत्तै उनले जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न निर्देशन दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्