सिजनको पहिलो खेलमै टोटनह्याम पराजित



एजेन्सी,भदौ २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा जोसे मोरिन्होको टिम टोटनह्यामले खराब सुरुवात गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटनह्याम एभर्टनसँग १–० ले पराजित भयो ।

एभर्टनका लागि खेलको ५५ औं मिनेटमा डोमिनिक काल्भर्ट–लेभिनले गोल गरे । उनले लुकास डिग्नीको पासमा गोल गरेका हुन् । सो गोल नै निर्णायक भएपछि एभर्टनले ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्