टोखा १ मा पुनः स्वाब संकलन



मालुङमा स्वाब संकलनका क्रममा स्वास्थ्यकर्मी

काठमाडौं,भदौ ३० । टोखा नगरपालिका वडा नम्बर १ ले पुनः स्वाब संकलन गरेको छ।यसअघि वडा नम्बर १ ले वडा क्षेत्रका ७२ जनाको स्वाब संकलन गरेको थियो।

सुरुमा स्वाब संकलन गरिएका ७२ जनामध्ये २ जनामा कोरोना पोजिटिभ देखिएकाले ट्रेसिङ स्वाब संकलन गरिएको वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।

अध्यक्ष अधिकारीका अनुसार शंकास्पद तथा कन्ट्याक्ट् ट्रेसिङका आधार परीक्षण चाहनेको स्वाब संकलन गरिएको हो। मंगलबार वडा नम्बर १ को मालुङमा गरिएको संकलनमा २९ जनाको स्वाब संकलन गरिएको स्थानीय रबी श्रेष्ठले बताए।

टोखा नगरपालिकामा हालसम्म संक्रमितको संख्या ४९२ पुष्टि भैसकेको छ। मंगलबार थप ३० जना संक्रमितसहित संक्रमितको संख्या ४९२ पुगेको टोखा नगर स्वास्थ्य शाखाका जनलाल कुलालले जनाए । टोखा नगरपालिका वडा नम्बर १ मा कुल संक्रमितको संख्या ६ रहेको छ। ६ जनामध्ये ३ जना निको भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्