एनआरएनएले सागका पदक विजेता खेलाडीको कोरोना बिमा गर्ने



काठमाडौं भदौ ३० ।

गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको कोरोना बिमा गर्ने भएको छ ।

प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति निकाल्दै १३ औं दक्षिण एसियाली खेलकुद साग र आठौं राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीको कोरोना बिमा गर्ने जनाएको छ ।

प्रतिष्ठानले साग र राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कास्य विजेता खेलाडीसँगै प्रशिक्षकको बिमा गर्ने जनाएको छ ।

खेलाडीको बिमाको लागि प्रतिष्ठानले नेपाल ओलम्पिक कमिटी,राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित खेलका संघहरुसँग समन्यव गर्ने समेत जनाएको छ ।

यस्तै प्रतिष्ठानले ओलम्पिक कमिटी, राखेप र खेल संघलाई पदक विजेता खेलाडीको विवरण उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।

विश्व ब्यापी फैलिएको कोरोनाको कारण नेपालको खेलकुद क्षेत्र प्रभावित गरेको र यो जोखिमको अवस्थामा खेलाडीलाई राहत महसुस गराउने उदेश्यले बिमा गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्