पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त



काठमाडौं भदौ ३० ।

सरकारले युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

निवर्तमान अर्थमन्त्री समेत रहेका खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त भएका खतिवडाले मन्त्रीस्तरीय सेवा सुविधा पाउनेछन् । प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीबाट हटाउन नचाहेपनि पार्टीभित्रको दबाबले फेरि राष्ट्रियसभामा मनोनित गर्न सकेका थिएनन् ।

अर्थमन्त्रीबाट बाध्य भएर राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री ओलीले तत्कालै आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । खासगरी विदेशी दातासँग राम्रो सम्बन्ध रहेका कारण वैदेशिक ऋण ल्याउन सहज होस भनेर ओलीले खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएका बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्