होटल तथा रेष्टुरेन्ट असोज १ गतेदेखि खुला गर्ने सरकारको निर्णय



काठमाडौं भदौ ३० ।

सरकारले होटल तथा रेष्टुरेन्टहरुलाई असोज १ गतेदेखि खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै होटल तथा रेष्टुरेन्टलाई पनि असोज १ गतेदेखि खोल्ने अनुमति दिएको हो ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असोज १ गतेदेखि नै होटल तथा रेष्टुरेन्ट खुला गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्