विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त



काठमाडौं भदौ ३० ।

सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्दशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ।

मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका नायव कार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले बताए ।

कोइराला प्राधिकरणमा दोश्रो वरियताका नायब कार्यकारी निर्देशक हुन्। पहिलो वरियतामा रहेका हितेन्द्रदेव शाक्य प्राधिकरणअन्तर्गतकै अर्को कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडको प्रमुखका रुपमा कार्यरत छन्। कोइराला यसअघि अर्थ निर्देशनालय प्रमुखको भुमिकामा थिए।

प्रतिक्रिया दिनुहोस्