सिन्धुपाल्चोक केन्द्रविन्दु ६ रेक्टरस्केलको भुकम्प



काठमाडौं,भदौ ३१ ।बुधबार बिहान ५:१९ बजे भुकम्पको ठुलो धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प महसुस भएको हो ।

सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाएका छन ।

भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षति भएको, घरहरु चर्किएको विवरण आए पनि मानवीय क्षतीबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासको क्षेत्रमा महसुस गरिएको थियो । काठमाडौंमासहित आसपासको क्षेत्रका नागरिक केहीबेर घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्