लाइभ अपडेट : कोरोना भाइरस

नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९
विश्वमा कोरोना भाइरस
मृत्यु
९४५,८१७
संक्रमित
३०,०७३,७७५
निको भएका
२१,८२६,६७७
अपडेटः 17 September, 2020 5:15 pm । स्रोत : coronavirus.jhu.edu

असोज १ देखि आन्तरिक उडान खुल्ला



काठमाडौं, भदौ ३१ । असोज १ देखि आन्तरिक हवाई उडान खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पौडेले बताए।

सोमबारको मन्त्रिपरिषद् निर्णयले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको स्वयं पर्यटनमन्त्री योगेशकुमार भट्टराइले नै जानकारी गराएका थिए। तर, मंगलबार साँझपछि मात्र सरकारका प्रवक्ताले असोज १ गतेबाट नै आन्तरिक उडानसँगै लामोदुरीका यातायात र होटल, रेष्टुराँ सञ्चालन हुने जानकारी गराएका थिए।

असोज १ गतेबाट आन्तरिक उडान खुलाउने सरकारको निर्णयपछि नागरिक उड्डयन प्राधिकरण प्रक्रियागत व्यवस्थापनमा जुटेको छ। कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सुरुमा ३० प्रतिशत मात्रै उडान हुने गरी घरेलु उडान खोलिने प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। सम्बन्धित वायुसेवा संचालकहरुसँगको छलफलपछि हाललाई ३० प्रतिशत उडान हुने गरी खोलिने सहमति भएको क्षेत्रीले जानकारी दिएका छन्।

कोरानाअघिको समयमा आन्तरिकतर्फ दैनिक ३ सय भन्दा बढि उडान हुने गरेको थियो। यस्तै, आन्तरिक वायुसेवा कम्पनीहरुले साविकको समयमा उडाउदै आएको सबै क्षेत्रका लागि उडान खुल्ला गरिएको बताइएको छ। सुगम तथा दुर्गम वा ट्रंक रुट९लामो धावनमार्ग भएका तराईका विमानस्थल० तथा सर्ट रुट९छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थल० सबै क्षेत्रका लागि नै उडान अनुमति दिइने प्रवक्ता क्षेत्रीले बताए।

यसअघि सरकारले असोजबाट आन्तरिक उडान खुलाएपनि कारोना संक्रमण बढि भएका तराइका जिल्लाहरुमा उडान नगर्ने र पहाडि तथा हिमाली जिल्लाहरुमा मात्र उडान गरिने बताएको थियो। अब आन्तरिक उडानका लागि वायुसेवा कम्पनीहरुले चाहेको गन्तव्यमा उडान अनुमति माग्न पाउने छन्।

यो समाचार अन्नपूर्णपोस्ट् दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्