कोरोना रोकथाममा सघाउन विश्व समुदायलाई राष्ट्रसंघका महासचिवको आग्रह



काठमाडौं भदौ ३१ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पुर्‍याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

मंगलबार उनले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताएका छन् । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पुर्‍याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ । कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्