कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बौद्धमा प्रदर्शन



काठमाडौं भदौ ३१ । बौद्धका स्थानीयले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै बुधबार प्रदर्शन गरेका छन् ।

स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग गर्दै पानीमै भिजेर प्रदर्शन गरेका छन् ।

आइतबार कार्यकाल सकिएका घिसिङले बुधबार विद्युत् प्राधिकरणबाट औपचारिक रुपमा बिदाइ लिएका थिए । सरकारले उनको ठाउँमा लेखनाथ कोइरालालाई निमित्तलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अनिच्छुक भएपछि घिसिङको पुनर्नियुक्ति हुन सकेको छैन । त्यसैले दबाब दिन भन्दै आफूहरुले प्रदर्शन गरेको स्थानीयले बताएका छन् ।

सोमबार पनि मन्त्रिपरिषद् बैठक बस्दै गर्दा माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्