नुवाकोटको गेर्खुमा एक ब्यक्ति मृत फेला



नुवाकोट,भदौ ३१ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला परेका ब्यक्ति साविक गेर्खु गाविस वडा नम्बर ८ का ३१ वर्षीय मधु रिमाल रहेको वडाध्यक्ष तोयानाथ तिम्सिनाले बताए । बिहान खेतमा पानी लगाउन जादा उनको लडेर मृत्यु भएको आशंका स्थानीयबासीले गरेका छन् ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय चोगतेबाट प्रहरी टोलि घटनास्थल पुगेपनि मृतक रिमालको शव उठाउन जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलि घटनास्थलमा जाँदै गरेको बताइएको छ ।

मृतकका परिवार श्रोतका अनुसार रिमाल नेपाल प्रहरीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्