जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित



एजेन्सी भदौ ३१ ।

जापानको नयाँ प्रधानमन्त्री पदमा योशिहिदे सुगा निर्वाचित भएका छन् ।

तल्लो सदन डाइटमा भएको मतदानबाट त्यहाँको ९९ औं प्रधानमन्त्रीको रुपमा सुगा निर्वाचित भएको जापानी संचार माध्याम एनएचकेले जनाएको छ ।

तल्लो सदनको ४ सय ६५ मतमध्ये ३ सय १४ मत प्राप्त गर्दै सुगा निर्वाचित भएका हुन । हाल जापानको लिबरल डेमोक्रेटिक पार्टी एलडीपी नेतृत्वको गठबन्धन सरकार अहिले सत्तामा छ । एलडीपीको संसदमा २ सय ८४ सिट छ भने सत्ता साझेदार कोमेइटो पार्टीसँग २९ सिट छ ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै सुगा अब संसदको बाँकी कार्यकाल २ वर्षका लागि त्यहाँको प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्