भारतको बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु



एजेन्सी भदौ ३१ ।

भारतको बिहार राज्यमा केही दिनयता वर्षासँगै परेको चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ ।

बिहारका विभिन्न ६ वटा जिल्लामा तीन दिनको अवधिमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको हो ।

बिहारको विपद् व्यवस्थापन विभागले बुधबार बिहान दिएको जानकारी अनुसार सोमबारदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र बुधबार बिहानसम्म चट्याङ लागेर मर्नेको संख्या १५ पुगेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।

यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्