नेपालमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु



काठमाडौं भदौ ३१ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसंगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो । यसैबीच देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८२० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्