भूकम्पले बागलुुङ र लमजुङमा घर भत्के



पोखरा भदौ ३१ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन्।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार बागलुङ नगरपालिका ६ भीरलाँकुरीमा दुर्गाबहादुर सुवेदीको २ तले घर भत्केको हो । ढुंगामाटोले बनेको, टिनको छानो भएको उक्त घर भत्केर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।

घर भत्के पनि मानवीय क्षति भएको छैन । त्यस्तै लमजुङ बेसीसहर नगरपालिका ११ तिवारीडाँडामा अम्बिका तिवारीको घर भूकम्पले भत्काएको छ । ढुंगा–माटोले बन्नेको २ तले कच्ची भत्किएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्