वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने



काठमाडौ भदौ ३१ ।

सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन् ।

आन्तरिक उडानको लागि जहाजका सिटमा पूरापूर यात्रु बोकेर उडान गर्न नपाउँदासम्म वायुसेवा कम्पनीलाई केही फाइदा नहुने वायुसेवा सञ्चालकहरूले जनाएका छन् ।

उडान गर्नको लागि यात्रुको टिकट बुकिङ खुला पनि नगर्ने र अन्य सार्वजनिक यातायातको साधनलाई सहुलियत दिँदा आन्तरिक वायुसेवा कम्पनीको लागि तत्काल राहत घोषणा गरिनुपर्ने वायुसेवा सञ्चालक कम्पनीको माग छ ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको मापदण्डअनुसार उडान भर्न पाउनुपर्ने वायुसेवा सञ्चालक संघ नेपाल एओएएनका कोषाध्यक्ष रुपेश जोशीले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट आएका जहाजले पूरा सिटमा यात्रु बोकेका छन् । मन्त्रालयमा छलफलको लागि बोलाइएको भए पनि मन्त्रालयले ५० प्रतिशत यात्रु बोकेर उडान गर्नको लागि निर्णय नभएको जानकारी दिएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्