कुलमानको पुनर्नियुक्ति माग गर्दै प्रदर्शन गर्नेमाथि पानीको फोहोरा



काठमाडौं भदौ ३१ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।

काठमाण्डौको माइतीघर मण्डलामा घिसिङको समर्थनमा प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो । तर प्रदर्शनकारी नहटेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।

गएको भदौ २८ गते कार्यकाल सकिएपछि कुलमान मङ्गलबार मंगलवार औपचारिक रुपमा बिदाइ भएका थिए । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्‍याउनुपर्ने भन्दै जनदबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्