उपत्यकामा जोरबिजोर हटेन,केके गर्न पाइन्छ,केके पाइन्न? [विज्ञप्ति]



काठमाण्डौ,असोज १ । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहेको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् ।

त्यसै अनुरुप कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवा बाहेक जोरबिजोर प्रणाली लागु हुने प्रशासनले जनाएको छ। प्रशासनको आदेश अनुसार उपत्यकामा अनिश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

उपत्यका प्रशासनले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको हो ।

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया दिनुहोस्