वाग्मती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाका लागि ३ करोड दिने



काठमाडौं,असोज १ । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागेको बताइएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले कोभिड-१९ को सङ्क्रमणको भयावह अवस्थामा रंगशाला निर्माणले निरन्तरता हासिल गरेको भन्दै सहयोग गर्न लागिएको बताए ।

यसैगरी गरि बुधबार नै बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताए ।

प्रतिक्रिया दिनुहोस्