कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा घर–घरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान



काठमाडौं असोज १ ।

सरकारले कोभिड –१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बेलुका ८ बजे घर–घरमा दीप प्रज्वलन गर्न आम सर्वसाधारणलाई आह्वान गरेको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोभिड(१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन विश्व बिरामी सुरक्षा दिवसका दिन बिहीबार बेलुका घर(घरमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

बेलुका सात बजे माइतीघरमा दीप प्रज्वलन गर्ने उपचारात्मक महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए । यसपटक कोभिड –१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बेलुका ८ बजे आम सर्वसाधारणलाई घर–घरमा दीपावली गर्न उनले अनुरोध गरे ।

कोभिड–१९ का कारण स्वास्थ्यकर्मीहरु बढी जोखिममा भएका कारणले पनि यो दिवसमा स्वास्थ्यकर्मीको सुरक्षालाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्