वामदेवको सांसद बन्ने सपना पूरा, राष्ट्रिय सभा सदस्यको शपथ



काठमाडौं असोज १ ।

राष्ट्रिय सभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बिहीबार मनोनित हुनुभएका गौतमले पद तथा गोपनीयताको सपथ लिएका हुन् । गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

सपथ ग्रहणपछि गौतमले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरहेको बताए । उनले राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताएका छन् । पार्टीले देशमा समाजवादको सङ्कल्प पूरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय सभामा आफूले त्यही भूमिका निर्वाह गर्ने बताएका छन् ।

फागुनदेखि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा मनोनयनका लागि गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बर्दियामा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्