सरकारले कुलमानलाई पुनर्नियुक्ति गर्न सक्छः परराष्ट्रमन्त्री ज्ञवाली



गुल्मी असोज १ ।

परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने प्रधानमन्त्री केपी शर्माओलीको संकल्प पुरा भएको बताएका छन् ।

बिहिवार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंग गुल्मीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । प्रधानमन्त्री र हालसम्मका उर्जामन्त्रीहरुको अथक प्रयासले लोडसेडिङ्ग मुक्त गर्ने संकल्प पुरा भएको उनले बताए । मन्त्री ज्ञवालीले सरकारले कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने बताए ।

परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वाजानिक गरेको मात्र नभई जमिन फिर्ता गर्नका लागि पहल समेत गरिरहेको बताए ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री ओलीले उक्त जमिन नेपाललाई फिर्ता गर्ने बिषयमा कुरा गरिसकेको बताउँदै उनले भने–‘विभिन्न तहमा वार्ता भइरहेको छ, त्यो जमिन नेपालको हो भन्ने आधार र प्रमाण जुटाउँदैछौ र विज्ञहरु पनि खटाइएको छ ।’

भारतसँग कुटनैतिक सम्बन्ध सुमधुर राखेरै उक्त जमिन फिर्ता गर्न सकिने उनको धारणा थियो । मन्त्री ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टीं नेकपाको विवाद समाधान भई पार्टी एकता र मजवुत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्