फिफाको वरीयतामा नेपाल यथावत रहन सफल



काठमाडौं असोज १ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । एक स्थन घटेको भारत १ सय ९ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ । जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

मार्चबाट अन्तर्राष्ट्रिय खेल नहुँदा नेपालसहित सबै राष्ट्रको वरियता यथावत रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् ।

पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो । एक स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौ र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्