मन्त्रिपरिषदद्वारा ५ सय ९० जनालाई विभुषण सिफारिस



काठमाडौं असोज १ ।

सरकारले ५ सय ९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ ।

बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले संविधान दिवसका दिन राष्ट्रपतिको हातबाट वितरण गर्नका लागि विभुषण सिफारिस गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा विभुषण सिफारिसको मात्र निर्णय भएको बताइएको छ । सरकारले सिफारिस गरेका विभुषण असोज ३ गते राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्