संविधान दिवसको अवसरमा नुवाकोटमा दिनदिनै सरसफाई, सहभागी हुन प्रजिअ ढकालको अपील



नुवाकोट असोज १ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले चेतनामूलक बजार सरसफाईमा सहभागी हुन सरोकारवाला सबैलाई अपील गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार असोज २ गते शुक्रबार बिहान ७.३० बजे बट्टारको सापकोटा मेडिकल नजिक जम्मा भई विदुर चोकसम्म चेतनामूलक बजार सरसफाई हुने जनाउँदै सहभागिका लागि प्रजिअ ढकालले आग्रह गरेका हुन् ।

पहिलो दिन बुधबार जिल्ला बालकल्याण समितिदेखि विदुर चोकसम्म अनि दोस्रो दिन बिहीबार विदुरचोकदेखि चेकप्वाइन्ट हुँदै शिक्षा विकास तथा समन्वय इकाईसम्मको सरसफाई गरिएको प्रजिअ ढकालले जनाए ।

सरसफाई कार्यक्रम कोभिड-१९ को संक्रमणबाट सुरक्षित रहन तय गरिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी गराइने उनले प्रस्ट पारे । कोभिड-१९ बाट जोगिन र डेंगूबाट सुरक्षित रहन अवलम्बन गर्नु पर्ने उपायहरु सम्बन्धमा समेत जनचेतना जगाउनु कार्यक्रमको उद्देश्य रहेको प्रजिअ ढकालले बताए ।

मानव जीवनको पहिलो लक्ष्य जीवनको वास्तविक सत्य बुझ्नु र दोस्रो सरसफाइ हो भन्दै प्रजिअ ढकालले संविधान दिवस २०७७ भव्य रुपमा मनाउने सन्दर्भमा सम्बद्ध सबैले आ-आफ्नो घर, आँगन, पसल वरपर आफैं सफा गर्नुपर्नेमा जोड दिए । उनले हरेक दिन ५ देखि १० मिनेट आफ्नो वरपरको सरसफाई का लागि प्रदान गर्न समेत आग्रह गरेका छन् ।

‘सफा रहौं, स्वस्थ रहौं’ हरेक दिन ५-१० मिनेट समय आफ्नो वरपरको सरसफाईका लागि प्रदान गरौं’, प्रजिअ ढकालले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेका छन् ।

नेपालमा संविधान जारी भएको २०७२ असोज ३ का गतेको सन्दर्भमा साताव्यापी रुपमा देशका विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्