कांग्रेस संस्थापक गणेशमान सिंहको २३ औं स्मृति दिवस मनाइयो



काठमाडौं असोज २ ।

नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औं स्मृति दिवस शुक्रवार मनाइएको छ ।

दिवसको अवसरमा शोभा भगवतीमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहलाई लौह पुरुषको उपमा दिइएको छ ।

यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र नागरिकको हित हुने बताए ।

गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिबारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्