आगामी हप्तासम्म मन्त्रिपरिषद पुनर्गठन हुने पक्का



काठमाडौं असोज २ ।

आगामी हप्तासम्म मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अर्को हप्तासम्म मन्त्रीमण्डल पुर्नगठन हुने बताएका हुन् । प्रेस संगठन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन् ।

पाटीभित्रको सन्तुलन मिलाउँदै मन्त्रिपरिषद पुनर्गठन हुने मन्त्री ज्ञवालीको भनाई छ । यस्तै उनले प्रदेशका केही मन्त्री पनि फेरबदल हुने बताएका छन् । यस्तै उनले एक प्रसंगमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पुर्ननियुक्ती कानुनअनुसार गर्न नमिलेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्