विभिन्न १३ विद्यार्थी संगठनले दिए शिक्षामन्त्रीलाई सात दिने अल्टिमेटम



काठमाडौं असोज २ ।

अनेरास्ववियू, नेपाल विद्यार्थी संघलगायत १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै सात दिने अल्टिमेटम दिएका छन् ।

विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र खेर जाने अवस्था देखिए पनि समस्या समाधानका लागि सरकार गम्भीर तथा सरोकारवालासँग छलफल नगरेको विद्यार्थी संघ(संगठनको आरोप छ। शुक्रबार संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

निजी विद्यालय र क्याम्पसहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क उठाएकोले कारवाबाही गर्न माग गरिएको छ। पोखरालगायत विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न विद्यार्थी संगठनको माग छ । शिक्षण संस्थामा रहेका क्वारेन्टिन हटाउन र शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको योजना बनाई कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्