कैलाली एफएममा कार्यरत महिला पत्रकार मृत फेला



कैलाली असोज २ ।

कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छन्।

स्थानीय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ वर्षीय निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाकाप्रहरी कार्यालय सुखडले जनाएको छ । आफन्तका अनुसार पहराइ भाद्र ३१ गतेबाट सम्पर्कविहीन भएकी थिइन् । दुई दिन सम्मपनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए ।

इलका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु भएको बताए । खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव वडा नम्बर ५ को जङ्गलमा फेला पारेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहराइ रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन् । उनको रहस्यम मृत्यु भएको भन्दै अनुसन्धानको लागी प्रहरीले एफएममा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्