जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजन शुक्रबारबाट सुरु हुँदै



एजेन्सी असोज २ ।

जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजन आज शुक्रबारबाट सुरु हुँदैछ ।

सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख र साल्केबीच प्रतिस्पर्धा हुँदैछ । बायर्नको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति सवा १२ बजे सुरु हुनेछ । एलिनाज स्टेडियममा बायर्न सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । बायर्नले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो ।

बायर्नले बोरुसिया डर्टमण्डलाई १३ अंकले पछि पार्दै उपाधि जितेको थियो । बायर्न उक्त लयलाई कायम गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो टिम साल्केको चुनौती पन्छाउन बायर्नलाई कठिन भने हुनेछ । साल्के पनि बायर्नलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । साल्केविरुद्ध थोमर मुलर, रोबर्टो लेवान्डोस्की र सेर्जी गनाब्रेले अग्र पंक्ति सम्हाल्नेछ ।

म्यानचेस्टर सिटीबाट क्लब आएका लोरी सानेले डेब्यु गर्ने सम्भावना रहेको छ । किङ्सले कोमानले खेल्ने सम्भावना न्यून रहेको छ । यस्तै थियागो अलाकान्टरा टिममा हुने छैनन् । लिभरपुलसँग अनुबन्धका लागि थियागो लण्डनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्