निजी सुरक्षाकर्मीमा कोरोना देखिएपछि उर्जामन्त्री पुन आइसोलेसनमा



काठमाडौं असोज २ ।

एक जना निजी सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि आइसेलेसनमा बसेका छन् ।

मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार शुक्रबारबाट मन्त्री पुन, पूर्व सभामुख ओनसरी घर्तीसहित परिवार नै मन्त्री निवासमै आइसोलेसनमा बसेका हुन्।

‘मन्त्री र पूर्व सभामुखको परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको परीक्षण गर्दा एक जना सुरक्षाकर्मीलाई पोजिटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्