नुवाकोट कांग्रेसका ६३ नेता, कार्यकर्ता नेकपा प्रवेश, सांसद हितबहादुरद्वारा अबिर, मालाले स्वागत



नुवाकोट असोज ३ । नेपाली कांग्रेस लक्ष्यविहीन र परिवारवादको चंगुलमा फसेको भन्दै विभिन्न तहका नेता कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

शुक्रबार चोकदेमा नेकपा सूर्यगढी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रमका अवसरमा कांग्रेस परित्याग गरी ६३ जना पाटी प्रवेश गरेका हुन् । कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वमन्त्री तथा संघीय सांसद हितबहादुर तामाङ, संघीय सांसद नारायणप्रसाद खतिवडा लगायतले अबिर, खादा लगाएर स्वागत गरे ।

गाउँ कमिटी सदस्यहरुलाई शपथ खुवाउँदै र नवप्रवेशीलाई स्वागत गर्दै संघीय सांसद तामाङले समाजवादमा पुग्न यहाँहरुको आगामी कार्यकाल सफलता पूर्वक होस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बिमला सुवेदी, जिल्ला कमिटी अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा, प्रदेश कमिटीका सचिवालय सदस्यहरु राजेन्द्र लोहनी, केशव पाण्डे, पुष्प लामिछाने, प्रदेश कमिटी सदस्य बिन्दा ढुंगाना, सुभद्रा नेपाल, जिल्ला कार्यालयका बद्री मैनाली, धर्म अधिकारी, कल्पना रिमाल सहभागी थिए ।

त्यस्तै जिल्ला सचिवालय सदस्यहरु पदम उप्रेती, सुवास तामाङ, जीतबहादुर घले, पूर्णलाल श्रेष्ठ, इमानसिङ तामाङ, मुकुन्द रिजाल, केशर सेन्चुरी पनि उपस्थित थिए ।

कार्यक्रम गाउँ कमिटी अध्यक्ष राजेन्द्र रिजालको सभापतित्वमा र संचालन पुरुषोतम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्