काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु



काठमाडौं असोज ३ ।

काठमाडौँ उपत्यकामा शनिबार थप ७११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको होमन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

शुक्रबार उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै शनिवार उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ७५ वर्षिय पुरुष र ७७ वर्षिया महिला रहेका छन् । यस्तै ललितपुरकी ७६ र ६८ वर्षिया दुई महिला र ६० वर्षिय पुरुषको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्