माइक्रोबस दुर्घटनामा १० जना घाइते



उदयपुर,कात्तिक २४। उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आज दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

काठमाडौँ महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएको उक्त माइक्रोबसमा चालकसहित ११ जना सवार रहेका थिए । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् भने एक बालिका सकुशल रहेकी छन् ।

घाइते हुनेमा चालक कृष्ण केसी, झापाको सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईँ र उनका १४ वर्षीय छोरा नैन प्रसाईँ, मोरङको उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल, उदयपुरको बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रबिन तामाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रञ्जिता गौतम तथा उदयपुरको चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक रहेका छन् ।

दुर्घटनामा झापाको सुरुङ्गा नगरपालिका–३ निवासी रेणुका प्रसाईँकी १० वर्षीया छोरी निरुसा प्रसाईँ भने सकुशल रहेकी छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्