नुवाकोट शिवपुरीका दिपक घिसिङको हराएको नगद र कागजपत्र यसरी हात लाग्यो



फेला परेको नगद तथा महत्त्वपूर्ण कागजात

प्रकाश लामा

नुवाकोट,असोज ३ । नुवाकोट शिवपुरीस्थित छापका दिपक घिसिङको नगद तथा कागजपत्र एक्कासि हरायो।दिपकलाई नगदको चिन्ता भन्दा वर्षौंदेखिको मिहिनेतबाट प्राप्त सर्टिफिकेट तथा अन्य कागजातको चिन्ता थपियो। उनलाई राति अबेरसम्म निद्रा लागेन।

काठमाडौंको टोखा नगरपालिका झोरमा रहेको आफ्नो कोठादेखी ग्राण्डी अस्पताल जांदा शुक्रबार दिपकले आफ्नो वालेट पर्स हाराएका थिए।वैदेशिक रोजगारीका क्रममा बिदेश रहदा ताकाका प्रमाणपत्र ,एटीएम तथा नगदसमेत गुमाउनुपरेकोमा दुखी दिपकलाई शनिबार बिहानै अपरिचित नम्बरबाट फोन आयो।फोन अरु कसैको नभई पर्स फेला पार्ने नुवाकोट बिदुर घर भइ टोखा बस्ने राजेन्द्र मुडभरीको रहेछ।फोन नउठ्दै राजेन्द्रले भने’तपाईंको महत्त्वपूर्ण कागजातसहितको पर्स मैले फेला पारेको छु। म दिन चाहान्छु।’

फेला परेको नगदसहितको कागजात हस्तान्तरण गर्दै मुडभरी

पर्स हराएर निद हराम भएका दिपक खुसीले बुरुक्क उफ्रिए।हराएका नगद १६ हजारसहितको महत्त्वपूर्ण कागजात फेला परेकाले दिपकले धन्यवाद व्यक्त गरे।

साझापथसंग कुराकानी गर्दै उनले भने-‘कलियुगमा पनि सज्जन मान्छेको कमी रहेनछ।’

प्रतिक्रिया दिनुहोस्