नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार सय नाघ्यो



काठमाडौं, असोज ४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय नाघेको छ । शनिबार थप ११ जना संक्रमितको मृत्यु भएसँगै संक्रमित कुल मृत्यु संख्या चार सय एक पुगेको हो ।

शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ७ महिला र ४ पुरुष रहेको स्वास्थय मन्त्रालयले जानकारी दिएको छ । हालसम्म मृत्यु हुनेहरुमा दुई सय ९४ पुरुष र एक सय १७ महिला रहेका छन् ।

नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्