सत्तारुढ नेकपा सचिवालय बैठक आइतबार पेरिसडाँडामा



काठमाडौं असोज ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार पेरिसडाँडामा बस्दै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका छन् ।

शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । भदौ २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि यो बैठक बस्न लागेको नेकपाले जनाएको छ । बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्दै अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्वय गर्ने भन्ने उल्लेख गरिएकाले यसैको वरिपरी रहेर छलफल चलाइने छ ।

स्रोतका अनुसार आइतबारको सचिवालय बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रिपरिषद्का पुनर्गठनका लागि सूची तयार पार्ने विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्