पञ्‍चकन्याका नेपाली सेनाका प्युठ मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित



नुवाकोट असोज ४ । पञ्‍चकन्या गाउँपालिका ३ घलेभन्ज्याङमा जन्मिएका नेपाली सेनाको प्युठ मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित भएका छन् ।

संविधान जारी भएको पाँचौं वर्ष पूगेको अवसरमा शनिबार प्युठ भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने सूचीमा परेका हुन् । प्युठ भण्डारी श्री गोरखबहादुर गण, नारायणहिटी ब्यारेक काठमाडौंमा कार्यरत छन् ।

विभूषित हुने खबरपछि आफूलाई नेपाली सेनाका जर्साब, कर्साब, गणपति, अधिकृतहरुसहित देश, विदेशबाट बधाई तथा शुभकामनाको ओइरो आइरहेको प्युठ भण्डारीले साझ पथसँग प्रतिक्रिया जनाए ।

प्युठ भण्डारीले आफ्नो मेहनतको कदर गर्नका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा, श्री गोरखबहादुर गणका गणपति प्रमुख सेनानी कर्साब सुशील प्याकुरेल लगायतले पहल गरेको भन्दै आभार प्रकट गरे । विशेषगरी गोरखबहादुर गणका गणपतिले आफूजस्तै सैनिक जवानहरुको मनोभावना बुझेर गरिने व्यवहार र नारायणहिटी राजदरबार संग्राहलयमा रहेका हरेक जनसेवादेखि सबैलाई गतिविधिमा खटनपटनमा कुशलता प्रदर्शन गरिरहेको उनले उल्लेख गरे ।

प्यूठ भन्डारीले गत कार्तिक २२ गते काठमाडौंको बानियाटारमा हाइटेन्सन लाइनमा परेर जल्दै गरेका लमजुङका देव अधिकारीको सहासिक उद्धार गरेर ज्यान बचाइदिएका थिए । त्यसपछि भण्डारीको चर्चा चुलिएको हो । पञ्‍चकन्यामा सामान्य किसान परिवारमा जन्मेका भण्डारी राष्ट्रपतिबाट विभूषित हुँदा परिवारका साथै जिल्लावासीमा खुसी त मिलेकै छ यसबाट राम्रो काम गर्नेको कदर हुने संस्कृति पनि बढेको उनका दाजु रामहरि भण्डारी बताउँछन् ।

महापौरख भाष्कर अलंकारबाट विभूषित हुनेहरुमा प्युठहरु दिपेश विश्वकर्मा, सिपाहीहरु मिलन थापा, प्रलाद केसी, सञ्जय अधिकारी र कुचिकार अर्मिला शर्मा पनि छन् ।

यस्तै प्यूठ भण्डारीसहित नेपाली सेनाका प्रधानसेनापतिदेखि जवानसम्म ९० जना विभिन्न पदकबाट विभूषित भएका छन् । यसरी मानपदवी, अलंकार र पदकहरुद्वारा विभूषित हुने सूचीमा नेपाली सेनाका प्रधानसेनापतिदेखि तल्लो तहका सिपाही समेत ९० जना रहेका छन् । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) मानपदवीबाट विभूषित गरिने भएको छ ।

त्यसैगरी उपरथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, प्राड उपरथी रत्नप्रकाश थापा, प्राविधिक सहायक रथी देवेन्द्रबहादुर खत्री, सहायकरथीहरु मिनध्वज खड्का र गणेशकुमार श्रेष्ठ, महासेनानीहरु मानबहादुर महरा र लक्ष्मण थापालाई सुप्रबल जनसेवा श्री (तृतीय) मानपदवीबाट विभूषित गरिने भएको छ ।

काठमाडौं–तराई/मधेस द्रतमार्ग सडक आयोजनाका प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ) मानपदवीबाट विभूषित गरिने भएको हो । त्यसैगरी, प्रमुख सेनानीहरु अजय गुरुङ, असीम दीप गुरुङ, श्रीजनबहादुर मल्ल, हरिबहादुर विश्वकर्मा, पारसविक्रम शाह, सुरज लामिछाने, उत्तम सापकोटा, शिवप्रसाद पौडेल, सेनानी महेन्द्र सिजापति थापा, प्राविधिक सेनानीहरु डा.नवीन फुयाल, उद्धव थापा श्रेष्ठ, डा.चिरन्जिवी पन्त, सै.उ. अन्जु श्रेष्ठ, प्राविधिक सहसेनानीहरु राज्य लक्ष्मी भेले, डा.प्राकृत क्षेत्री र सै.उ. स्वस्थानी खड्का, सहसेनानी मोहनबहादुर बोहरालाई प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीबाट विभूषित गरिने भएको छ ।

जनसेवा श्री (पञ्चम) मानपदवीबाट विभूषित हुनेहरुमा प्राविधिक सुबेदारहरु सै.उ. शान्ति खड्का, जितबहादुर राना र मनोज कार्की, प्राविधिक जमदार पदमजंग कार्की, हुद्धा महेन्द्रबहादुर गोदार, श्री गौर।ीवक्स गुल्म, विजयपुर, पोखराका प्युठ युविन अम्गाई रहेका छन् ।

त्यसैगरी, परम पौरख भाष्कर अलंकारबाट विभूषित हुनेहरुमा प्राविधिक महासेनानी सै.उ.सानुमैया श्रेष्ठ, प्रमुख सेनानीहरु बिजु गरुङ र अनन्तबहादुर सिंह, सेनानीहरु रविन्द्र महर्जन, आविष्कार ढुंगाना र रत्नबहादुर श्रेष्ठ, प्राविधिक सहसेनानीहरु विपिन मुक्तान, डा.राहुल जंग रायमाझी, डा.सन्ध्या ख्याउंजु, प्राविधिक उपसेनानी डा.सुलभ श्रेष्ठ, प्राविधिक जमदार हरिओम रोका र हुद्धा हिमाल टमटा रहेका छन् ।

अतिपौरख भाष्कर अलंकारबाट विभूषित हुने सूचीमा प्राविधिक महासेनानी डा.सरिता केसी, महासेनानी शशिकिरण रायमाझी, प्रमुख सेनानीहरु वाणिराज खनाल, युवराज केसी, मदनजंग राणा, बसन्तबहादुर थापा र प्रकाश थापा, सेनानी रुपकजंग थापा, प्राविधिक सेनानी डा.विकल श्रेष्ठ, सहसेनानी कसम श्रैष्ठ, प्राविधिक सुवेदारहरु शान्ताराम श्रेष्ठ, पदमबहादुर कार्की, यामबहादुर खत्री, विनोद प्याकुरेल, सै.उ.ज्योति लामा, सुवेदार विकास बस्नेत, प्राविधिक जमदार दधिराम भट्टराई, जमदार सूर्यबहादुर खत्री, प्युठ सुरेशबहादुर पुन र कुचिकार नविन लामा रहेका छन् ।

पदकहरुमा सुर्कीति पदकबाट विभूषित हुनेहरुमा हुद्धा संजिव ओझा र मिनु गुरुङ, प्युठ निता गुरुङ र संगिता मगर तथा श्री भैरवनाथ गण, महाराजगंजका सिपाही प्रविण मानन्धर रहेका छन् ।

त्यसैगरी, प्राकृतिक प्रकोप पीडितोद्धारा पदकबाट विभूषित हुनेहरुमा सेनानी हरिकुमार पाण्डे, सहसेनानीहरु उमेश खड्का र ध्रुव राणा, प्रमुख सुवेदार रामप्रसाद जैसी, सुवेदारहरु रघुकुमार श्रेष्ठ, भरतबहादुर घर्ती, जमदारहरु भुवन नेपाल, ऋषिराम शर्मा, सुरेन्द्रप्रसाद चौधरी, रुद्रबहादुर सारु मगर, गु.प्र.हु मानसिंह राउत, प्युठ तारा सिंह विक र सिपाही प्रविनकुमार राम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्