नेकपाको सचिवालय बैठक पेरिसडाँडामा, प्रधानमन्त्री ओलीसमेत सहभागी



काठमाडौं असोज ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा जारी छ । बैठकमा नेकपा अध्यक्ष एवं केपी ओली शर्मा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् ।

पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको हो ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आइतबारका लागि सारिएको थियो । एक सचिवालय सदस्यका अनुसार स्थायी समिति बैठकको निर्णय अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको मापदण्डका बारेमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्