नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल



काठमाडौं असोज ४ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संघीय मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको छ ।

आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियालाई अघि बढाएको हो। सचिवालय बैठकमा चारवटा एजेण्डा छलफलका लागि तय गरिएका छन्। जसमा एक नम्बरमै मन्त्रिपरिषद् पुनर्गठनलाई राखिएको छ।

ुपहिलो एजेण्डाको रुपमा मन्त्रिपरिषद् पुनर्गठनबारेमा छलफल सुरु भएको छ। स्थायी कमिटीको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन हुनेछु, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ुमन्त्रिपरिषद्का सदस्य हेरफेरका लागि विभिन्‍न कोणबाट छलफल भइरहेको छ।

नीतिगत रुपमा पुनर्गठनका सम्बन्धमा सचिवालयले निष्कर्ष निकाल्नेछ। प्रवक्ता श्रेष्ठले बैठकमा आकांक्षी नेताहरु र बिदा हुने मन्त्रीहरूबारे कुनै छलफल नभएको बताए। अहिले नै आकांक्षी र बिदा हुनेहरुको नामबारेमा हामी प्रवेश गरिसकेका छैनौुं, उनले भने, नीतिगत मापदण्डका आधारमा विभिन्‍न कोणबाट सुझाव लिएका छौं।

नेकपामा मन्त्री बन्‍न इच्छुकका रुपमा उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु छन्। त्यसैगरी नेताहरु जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डेसहितका नेताहरु आकांक्षीका रुपमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्