आईपीएलको दोस्रो खेलमा दिल्ली र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै



एजेन्सी असोज ४ ।

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीलाई अनुभवी स्पिनरका कारण बलियो मानिएको छ । दिल्लीमा रविचन्द्रन आश्विन,अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर रहेका छन् । सन्दीप क्यारेबियन प्रिमियर लिग सीपीएल सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् ।

किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुबै टिममा ठूला सट खेल्ने खेलाडीको कमी छैन तर दिल्लीका स्पिनर यूएईको मैदानमा भारी पर्ने आँकलन छ । दिल्लीको ब्याटिङ्ग लाइनमा ऋषभ पन्त, शिखर धवनसहित वेस्ट इन्डिजका सिमरन हेटमेयर सामेल हुनेछन् ।

पञ्जाबमा क्रिस गेलसहित ग्लेन म्याक्सवेल जस्ता ठूला सट प्रहार गर्ने खेलाडी रहेका छन् । उद्घाटन खेलमा चेन्नेइ सुपर किङ्ग्सले मुम्बइ इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्