भियतनाममा शक्तिशाली आँधी तीन जनाको मृत्यु,एक सय भन्दा बढी बेपत्ता



एजेन्सी असोज ४ ।

भियतनाममा केही दिन यतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा आँधी आएको छ । नोउल नामको आँधीका कारण भौतिक सञ्रचनाहरु पनि भत्किएका छन् । आँधीमा परेर एक सय १२ जना नागरिक घाइते भएका छन् ।

भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । प्रान्तमा ५० भन्दाबढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक प्रभावित भएका छन् ।

यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्