त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग



काठमाडौं असोज ५ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार विज्ञप्ती जारी गरी विश्वविद्यालयभित्र देखिएको समस्या वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताएका हुन् । उनले विश्वविद्यालयभित्र दैनिक प्रहरीको प्रवेश आपत्तीजनक भएको बताए । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्