पिसीआर परीक्षण गराउनेको टेकुमा अत्यधिक भीड



काठमाडौँ, असोज ६ । देशभर कोरोना संक्रमणदर वृद्धि भएको छ। संक्रमण बढेसंगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएपछि पिसीआर परीक्षणाका लागि भीड बढेको बताइएको छ ।

पछिल्लो दिन यता काठमाडौंसहित देशका विभिन्न स्थानमा संक्रमण वृद्धि भएकाले परीक्षण गराउन चाहानेको संख्या समेत बढेको सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्