३५ करोड ८८ लाख बढि राजस्व छली गरेको आरोपमा ४ वटा फर्म तथा कम्पनी विरुद्ध मुद्दा दायर



काठमाडौं असोज ६ ।

राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली बिल बिजक बनाई ३५ करोड बढि राजस्व छली गरेको आरोपमा विभिन्न फर्म तथा कम्पनी विरुद्ध मुद्धा दायर गरेको छ ।

विभागले विभिन्न कम्पनीले ३५ करोड ८८ लाख बढि राजस्व छली गरेको आरोपमा विगो मागदाबी, जरिवाना र कैद सजायको माग गर्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

विभागले वस्तु तथा सेवा नै खरिद नगरी झुटा तथा नक्कली बिजक जारी गर्ने चितवनको सन्तोषी निर्माण सेवा प्रा। लि का निर्देशक केशवराज कँडेल सहित अन्य ३ जना विरुद्ध ६ करोड २२ लाख ७४ हजार बिगो मागदाबी र कैद सजायको माग गर्दै मुद्धा दायर गरेको छ ।

यस्तै ललितपुर महानगरपालीका १३ को स्काई लाईन ट्रेडर्स एण्ड सप्लायर्स विरुद्ध ५ करोड ८ लाख ९४ हजार बिगो असुल गर्दै जरिवाना र कैद मागदाबी सहित मुद्धा दायर गरेको विभागले जनाएको छ ।

नक्कली बिलबिजक बनाई राजस्व छली गर्र्ने काठमाडौं महानगरपालीकाको विग ब्याग सप्लायर्स, भक्तपुरको एपि ट्रेड एण्ड सप्लायर्स र बनेपाको सम्मानित ट्रेड कन्र्सनलाई पनि २५ करोड ५७ लाख ९७ हजार बिगो मागदाबी, जरिवाना र कैदको माग सहित उच्च अदालत पाटनमा मुद्धा दायर गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्