सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने सरकारको निर्णय



काठमाडौं असोज ६ ।

सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने भएको छ ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने निणय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

मनसुन सुरु भएको जेठ ३० गतेदेखि अहिलेसम्म प्राकृतिक विपदमा परेर देशभर अहिलेसम्म तीन सय ४० जनाको ज्यान गएको छ । ९९ जना अझै हराइरहेका छन् । विपदमा दुई सय ९८ जना घाइते भएका छन् ।

प्राकृतिक विपद्का कारण सबैभन्दा धेरै सिन्धुपाल्चोक र बाग्लुङ जिल्ला प्रभावित भएका छन् । यसैबीच सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय पनि गरेको छ । यही असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय सरकारले गरेको मन्त्री एवं सरकारका प्रवक्ता ज्ञवालीले बताए ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणको समयमा चुनाव गर्न उपयुक्त नहुने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्